Section 47
लक्षित समूहहरूका लागि विशेष सामाजिक सुरक्षा तथा कार्यक्रमहरू
: (१) महिला, बालबालिका, किशोर किशोरी, दलित, शहीद परिवार र नेपाल सरकारले तोकेका अन्य लक्षित समूहहरूका लागि विशेष सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्न स्थानीय तह तथा प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम लक्षित समूहहरूका लागि दिइने स्वास्थ्य सेवा, सुविधा तथा प्रकृया सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।